Nepali Shabdakosh Dictionary

Nowa Lab

Nepali Shabdakosh Dictionary

کتاب‌ها و منابع
  • 0.00
(0 رای)

نصب رایگان

500000

نصب ها

Android 5.0+

نسخه حداقل

با تبلیغات

تبلیغات

22.02.2017

تاریخ انتشار

تغییرات اخیر:

थप सेवाहरु थपिएका छन्।

توضیحات:

तीन किसिमका शब्दकोश भएको पहिलो नेपाली एप्स ! यसले गर्दा नेपाली तथा अंग्रेजी दुवै भाषा सिक्न सजिलो पार्छ। शब्दकोशहरु: (क) नेपाली ‍=> नेपाली (ख) English => नेपाली (ग) नेपाली => English

विशेषताहरूः
√ तीनै किसिमका शब्दकोश: नेपाली ‍⇔ नेपाली ⇔ English
√ ईन्टरनेट नभएपनि काम गर्ने
√ १,५०,००० (एकलाख पचास हजार) शब्दहरू
√ दैनिक जीवनमा प्रयोग हुने वर्गीकृत शब्दसूचि र त्यसको अङ्ग्रेजी अर्थ (जस्तै: फलफूल, मसला आदिको सूची)
√ लेख्दालेख्दै सम्भावित शब्दहरुको सुझाव दिने: खोज्नुपर्ने शव्द लेख्ने क्रममा प्रयोगकर्ताले पुरा शब्द लेख्नु नपरोस् भन्नाका खातिर यो एप्सले सम्भाव्य शब्दको सानो सूचि देखाउछ।
√ खोजी गरेको शब्द अशुद्ध भएपनि आफैं शुद्ध पारेर सुझाव दिने : नेपाली हिज्जे नमिलाई शब्द खोजिएमापनि यो एप्सले सही हिज्जे आफैं पत्ता लगाई सुझाव दिनेछ। जस्तै ‘शरीर’ को सट्टा ‘सरिर’ लेखिएमा पनि यो एप्सले ‘शरीर’ सम्भावित शब्दको सुचिमा देखाउने छ।
√ रोमनमा टाइप गरेपनि भेटिने: जस्तो पानीलाई pani लेख्दा पनि भेटिने
√ एप्स खोल्दा हरेकपाली नयाँ शब्द देखिने

(क) नेपाली - नेपाली शब्दकोश : यो शब्दकोश नेपाली शब्दका नेपाली अर्थ खोज्नको लागि तयार गरिएको हो। यसमा ७०,००० हजार भन्दा वढी नेपाली शब्दको अर्थ समेटिएको छ।

(ख) अङ्ग्रेजी - नेपाली शब्दकोश : यो शब्दकोश अङ्ग्रेजी शब्दका नेपाली अर्थ खोज्नको लागि तयार गरिएको हो। यसमा प्रचलनमा आईरहने करिब ४५,००० अङ्ग्रेजी शब्दहरुका नेपाली अर्थ राखिएको छ।

(ग) नेपाली - अङ्ग्रेजी शब्दकोश : यो शब्दकोश नेपाली शब्दका अङ्ग्रेजी अर्थ खोज्नको लागि तयार
गरिएको हो। यसमा पनि करिब ४५,००० नेपाली शब्दका अङ्ग्रेजी अर्थ राखिएको छ।

प्रविधिको विकाससँगै नेपाली भाषाको विकास र विश्वव्यापीकरणमा सहजता पुर्याउनु नै यो एप्सको प्रमुख उद्देश्य रहेको छ। हरसम्भव शब्दकोशलाई परिष्क्रित र परिमार्जित गरिरहने तथा नयाँ शब्दहरु थपिरईने छ। वेवसाईट ठेगाना - http://nepalishabdakosh.com

Nowa Lab برنامه های دیگر

دانلود